Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’ ‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत

कुलमान घिसिङद्वारा आफ्नो तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक

Reporter

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन्।

उनले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणलीको चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारिएको उल्लेख गरे। उनले तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको जानकारी दिए।

घर र वस्ति मात्रै नभई उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको उनले बताए।

उनले सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने र सरकारको निर्देशन र उपभोक्ताको हित प्राधिकरणका लागि सर्वोपरी भएको स्पष्ट पारे।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको