Logo
02 Dec 2024    १७ मंसिर २०८१, सोमबार

ताजा खबर

बेइजिङ पुगे प्रधानमन्त्री ओली आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह एक सातामै धरहराबाट उठ्यो १५ लाख रुपैयाँ राजस्व काठमाडौँमा तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ : एआइ र कानुनबारे बहस कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ

गीतकार गीता अधिकारीको ‘बजाउँदै चुरा’ सार्वजनिक(भिडियो)

Reporter

नेपाली नारीहरूको महान पर्व तिज नजिकिँदै गर्दा तिजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ ।

सारिका घिमिरेको स्वर रहेको गीतमा योगेशकाजी शाहको संगीत एवम् संगीत संयोजन र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको छ । प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवम् कलर छ ।

गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काएका छन् । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तिजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत सांगीतिक बजारमा आइसकेका छन् ।

नयाँ गीतलाई लिएर आफू उत्साहित भएको गीता बताउँछिन् । ‘बजाउँदै चुरा’लाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको गीताले बताइन् । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उनले बताइन् । सञ्चारकर्मी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ पनि पाठकमाझ आएको थियो ।

गीत राम्रो लागेकाले आफूले भिडियो निर्माण एवम् निर्देशन गरको निर्देशक प्रदीपले बताए । तिज गीतमा छाडा प्रवृति मौलाउँदै गएकोमा एक मौलिक तिज गीत स्रोता/दर्शकमाझ पस्किएको निर्देशक प्रदीपले बताए ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको