Logo
10 Dec 2024    २५ मंसिर २०८१, मंगलवार

ताजा खबर

मानव बेचबिखनका फरार अभियुक्तलाई युएईबाट पक्राउ गरी काठमाडौं ल्याइयो प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढ्यो गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा ‘पग्लियो यो मन’(भिडियो)

पेरिस ओलम्पिक सम्पन्न, २०२८ मा लस एन्जलसमा हुने

Reporter

खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गए राति सम्पन्न भएको छ। फ्रान्सको स्ट्याट डी फ्रान्स स्टेडियममा भएको समापन समारोहमा २०५ देशका हजारौं खेलाडी सहभागी थिए।

७० हजारभन्दा बढी दर्शकको उपस्थितिमा पेरिसका मेयर एनी हिडाल्गोले २०२८ को आयोजक अमेरिकी सहर लस एन्जलसका मेयर करेन बासलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेकी छन्। योसँगै चार वर्षपछि हुन लागेको लस एन्जलस ओलम्पिकको काउन्टडाउन सुरु भएको छ।

ओलम्पिक टर्च निभाएर लियोन मार्चान्ड लगायतका चुनिँदा एथलीटहरूको तीन घण्टाको समारोह औपचारिक रूपमा समाप्त भएको हो। यस अवधिमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पनि उपस्थित थिए। यस क्रममा हलिवुड अभिनेता टम क्रुज, बिली इलिश, स्नुप डग र डा. ड्रेले आफ्नो प्रस्तुति दिएका थिए। यससँगै ओलम्पिकको गोल्डेन भोयाजरको खोजले पनि फ्यानहरूको मन जित्यो। यसलाई थोमस जोलीले निर्देशन गरेका थिए। त्यसपछि एन्जेले, कमिसकी र र्‍यापर ओनेडाले फ्रान्सेली ब्यान्ड फिनिक्सको प्रदर्शनमा प्रस्तुति दिएका थिए।

समापन समारोहमा सबै २०५ देशका झण्डा वाहकहरूले स्टेट डे फ्रान्स स्टेडियममा ७० हजारभन्दा बढी दर्शकको अगाडि कुँदिएको विश्व नक्साको परिक्रमा गरेका थिए। सबै देशका खेलाडीले दर्शकलाई अभिवादन गर्दै रंगशाला पुगेका थिए। अधिकांश पदक विजेताहरूको घाँटीमा पदक थियो।

समापन समारोहको सबैभन्दा ठूलो आकर्षण पेरिस ओलम्पिकलाई सफल बनाउने ४५ हजार स्वयंसेवक थिए। पेरिस ओलम्पिक २०२४ समितिका अध्यक्ष टोनी एस्टान्गुटोनले फ्रान्स सरकार, स्वयंसेवक, सुरक्षाकर्मी, प्रहरी, पेरिसका मेयर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र सबैलाई धन्यवाद दिए।

पेरिस ओलम्पिकको पदक तालिकामा सबैभन्दा शिर्ष स्थानमा अमेरिका रहेको छ। ४० स्वर्ण ४४ रजत र ४२ काश्य पदकसहित अमेरिका शिर्ष स्थानमा रहयो । त्यस्तै चीन पनि ४० स्वर्ण, २७ रजत र २४ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको