Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

पूर्वी तथा मध्य क्षेत्रका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुन सक्ने

admin

काठमाडौं, पुष-०२।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको पूर्वी तथा मध्य भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदली हुने जनाएको छ ।

देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा सोमबार हल्का वर्षा हुने सम्भावना रहेको साथै देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति देशभर सामान्यदेखि पूर्णतया बदली हुने तथा देशको पूर्वी एवं मध्य क्षेत्रका केही स्थान, पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा समेत हुनसक्ने सम्भावना रहेको छ । त्यसैगरी, मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रहनुको साथै पश्चिमी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाले जनाए अनुसार देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा मंगलबार हल्का वर्षा हुने सम्भावना रहेको । मंगलबार देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको