Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

मधेशका मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

Reporter

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री सिंहले ८ जना राज्यमन्त्रीलाई हटाएका हुन्। अब प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री रहनेछन्। साउन २० मा एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्री नियुक्त गरिएको थियो।

कांग्रेस-एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका सिंहले २० सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै मुख्यमन्त्री सिंहलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले स्पष्टीकरण सोधेका थिए।

कांग्रेस र एमालेलाई पनि समेटेर राज्यमन्त्री थपेपनि सत्ता साझेदार दलहरु असन्तुष्ट थिए। कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले त सार्वजनिक रुपमा नै सिंहको आलोचन गर्दै आएका थिए। राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखसमक्ष पत्र पनि पठाइसकिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको