Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

उत्तर कोरियाली अधिकारीविरुद्धको प्रतिबन्धले अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध चिसिदै

admin

north korea and america

काठमाडौं, पुष-०२।

अमेरिकाद्धारा आफ्ना तीन वरिष्ठ सरकारी अधिकारीहरुविरुद्ध लगाएको प्रतिवन्धको उत्तर कोरियाले चर्को रुपमा आलोचना गरेको छ ।

अमेरिकाको उक्त कदमको प्रतिक्रियास्वरुप उत्तर कोरियाले प्योङयाङको निशस्त्रीकरण अभियानलाई सधैंको लागि बन्द गर्ने चेतावनीसमेत दिएको छ ।

अमेरिकाले गत सोमबारमात्रै तीन उत्तर कोरियाली अधिकारीविरुद्ध प्रतिबन्ध लागाएको घोषणा भएपछि उत्तर कोरियाको यो चेतावनी आएको हो ।

गत जनु १२ मा उत्तर कोरियाली शासक किम जोन उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच सिंगापुरमा आणबिक निशस्त्रीकरण गर्नेबारे सहमति भएको जनाइएको छ ।

अमेरिकाले भने सोही सहमती तोड्ने उत्तर कोरियाको चेतावनीप्रति कुनै प्रतिक्रिया दिएको छैन ।

अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा पछिल्लो समय सुधार आएको जस्तो देखिएता पनि पछिल्लो समय अमेरिकाले उत्तर कोरियाका अधिकारीहरुमाथि लगाएको प्रतिबन्धपछी सम्बन्धमा तुषारापात आएको हो ।

अब जसका कारण आणबिक निशस्त्रीकरणको सहमती समेत प्रभावित हुनसक्ने अड्कल गरिएको छ ।
(एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको