इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा आर्सनल, लिभरपुल र एस्टन भिल्लाले विजयी सुरुआत गरेका छन्।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले वुल्भ्समाथि २–०को जित निकाल्यो। उसका लागि काइ हाभर्ट्ज र बुकायो साकाले गोल गरे। उसले दुवै हाफमा गोल गरेको थियो।
२५औं मिनेटमा साकाको पासमा हाभर्ट्जले जगोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए। पहिलो हाफमा १–०को अग्रता लिएको आर्सननले ७४औं मिनेटमा अग्रता दोब्बर बनायो। उसका साकाले हाभर्ट्जको पासमा गोल गरेका थिए।
लोकप्रिय समाचार

