
काठमाडौं, पुष-०२।
नायक राजकुमार राव र नायिका दीपिका पादुकोणलाई एउटै फ्रेममा देख्ने दर्शकको चाहना अब भने पूरा हुने भएको छ । दीपिकाले आफ्नो आउने फिल्ममा राजकुमार रावल्संग खेल्ने पक्का गरेकी छिन् । जुन फिल्मको निर्माण ‘राजी’की निर्देशक मेघना गुलजारले गर्दै छिन् ।
एसिड आक्रमणको सिकार भएकी लक्ष्मी अग्रवालको बोयोपिकमा यी दुई कलाकार संगसँगै काम गर्न लागेका हुन् । लक्ष्मीमाथि १५ वर्षको कलिलो उमेरमा तेजाब प्रहार भएको थियो । पछि गएर लक्ष्मी एसिड आक्रमणमा परेकाहरूका लागि काम गर्न थालिन् ।
अर्को महिनाबाट दीपिका र राजकुमारको यस फिल्मको सुटिङ सुरु हुँदै छ । दुवै कलाकारलाई फिल्मको स्क्रिप्ट खुब मन परेको जनाइएको छ । दीपिकाको ‘पद्मावत्’पछिको यो नै पहिलो फिल्म हो भने राजकुमारकोे ‘एक लडकीको देखा तो ऐसा लगा’पछिको फिल्म हो ।

लोकप्रिय समाचार