Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

बझाङमा पहिरोले च्यापिएका ४ जनाको मृत्यु

Reporter

बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान करिब सवा ७ बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको थियो ।

वीरबहादुरकी श्रीमती, बुहारी र दुई नातिनीको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको