Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

रिपब्लिकनद्वारा बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता

Reporter

काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् ।

रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उनका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ ।

.न्यायिक समितिका प्रमुख जिम जोर्डनले छानबिनले बाइडेनले ‘बाइडेन परिवार र बाइडेन व्यापार सहयोगीहरूको निजी वित्तीय लाभका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको’ भन्ने ‘निष्कर्ष’ देखाएको बताए ।

यद्यपि बाइडेनले आफ्नो छोरालाई फाइदा पुर्‍याउन आफ्नो पदको प्रयोग गरेको वा हन्टरको व्यवसायमा बाइडेन संलग्न रहेको भन्ने कुनै प्रत्यक्ष प्रमाण रिपब्लिकनहरूले दिएका छैनन् ।

बाबु र छोराबीचको सम्बन्धका बारेमा अनुमान र सङ्केतका आधारमा बनाइएको प्रतिवेदनमा बलियो प्रकारको परिस्थितिजन्य कुनै प्रमाण थिएन । प्रतिवेदनमा लगाइएको आरोपहरू बाराक ओबामाको उपराष्ट्रपतिका रूपमा सेवा गरेपछि बाइडेन कार्यालयबाट बाहिरिएपछको अवधिसँग सम्बन्धित थिए । सेवा निवृत्त हुनुअघि डेमोक्रेटिक कन्भेन्सनमा भाषण दिन र उपराष्ट्रपति कमला ह्यारिसलाई राजनीतिक मशाल सुम्पिन तयार बाइडेनले युक्रेन र चीनलगायत आफ्नो छोराका व्यावसायिक उद्यमहरूमा सहयोग गरेको आरोपलाई बारम्बार अस्वीकार गरेका छन् ।

रिपब्लिकनहरूले वर्षौंदेखि राष्ट्रपति बाइडेनलाई शर्मनाक बनाउने प्रयासमा हन्टर बाइडेनको विदेशी सम्बन्ध र अराजक निजी जीवनलाई लागूपदार्थको दुर्व्यसनीबाट सुधार भएको व्यक्तिका रूपमा प्रयोग गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको