Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

अभिनेता माइकललाई लाग्यो यौनउत्पीडनको आरोप, एलिजाले पाईन ९.५ मिलियन क्षतिपूर्ति

admin

eliza dushku

काठमाडौं, पुष-०२।

हलिवूड अभिनेत्री एलिजा डुस्कुलाई युएस टेलिभिजन नेटवर्क सिबिएसले ९ दशमलव ५ अमेरिकी डलर भुक्तान गरेको छ । प्राइम टाइम नाटक ‘बुल’का मुख्य अभिनेता माइकलमाथि डुस्कुले यौनउत्पीडनको आरोप लगाएकी थिइन् ।

उनले बताए अनुसार, ‘शोको समयमा माइकलले मलाई अश्लील जोक्स बनाए, जुन सीधा रूपमा मेरो शरीरसँग जोडिएको थियो ।’
सुरुमा त माइकलले उक्त कुरालाई अस्वीकार गर्दै आएका थिए । तर, अहिले भने उनले उक्त कुरा स्वीकार गरिसकेका छन् ।
तर,अझैपनि आफ्नो जोक यौनसँग सम्बन्धित नभएको उनले दाबी गर्दै आएका छन् ।

एलिजा डुस्कुले प्रोडक्सन टिमसँग यो कुरा गर्नुभन्दा पहिला माइकलसँग यो मामलामा वार्ता गरेकी थिइन् । तर, सहमति नभएपछि सिबिएसविरुद्ध कानुनी प्रक्रियामा गए पनि उनले आफ्नो अनुबन्धको समय भने पूरा गरिन् । उनलाई क्षतिपूर्ति वापतको रकम प्रोडक्सन हाउसले भुक्तान गरिसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको