Logo
03 Dec 2024    १८ मंसिर २०८१, मंगलवार

ताजा खबर

उपराष्ट्रपति यादवसंग कतारका राजदूतको शिष्टाचार भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता विराटनगरविरुद्ध सुदूरपश्चिमको शानदार जित साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने एनपीएलको बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ नेपाल र चीनबिच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

बलियो टिमसहित सागर पाण्डे टान नेतृत्वको दाबेदार

Reporter

काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसीयसन अफ नेपाल(टान) को नयाँ नेतृत्वका लागि प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।
यहि भदौ १७ गते हुने टानको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आइतबार एक कार्यक्रमबीच पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङलेसमेत उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी डा. रामशरण थपलियाले आफू पनि टान अध्यक्षको उम्मेद्वार भएको तर सागर पाण्डे जस्तो व्यवसायीक व्यक्तिले उम्मेद्वारी दिएका कारण आफूले समर्थन गरेको बताए । थपलियाले व्यवसायीक र अनुभवी व्यक्ति रोजेर टानको नेतृत्व छान्न टान सदस्यहरुलाई आग्रह समेत गरे ।
त्यसैगरी टानका अध्यक्ष निलहरी बाँस्तोलाले सागर पाण्डेको टिम महत्वपूर्ण, जुझारु र व्यवसायीक भएकै कारण आफूले उनलाई समर्थन गरेको बताए ।
बास्तोलाले टानलाई राजनीतिक थलोका रुपमा प्रयोग नगर्न र नगराउन व्यवसायीहरुलाई अनुरोध पनि गरे ।
उनले व्यवसायिक संस्थामा राजनीति हावी भएपछि संस्था नै धरापमा पर्न सक्ने बताए ।
टान अध्यक्षका प्रत्यासी सागर पाण्डेले व्यवसायीहरुकै अनुरोधमा आफू टानमा नेतृत्वका लागि अग्रसर भएको भन्दै आफूलाई मतदान गर्न सबै टान सदस्यहरुलाई आग्रह गरे ।
पाण्डेले पर्वतीय पदयात्रा व्यवसायमा क्रियाशील व्यवसायी र मजदुरलाई प्रत्यक्ष फाइदा पुग्नेगरी ‘बृहद् टान अक्षयकोष’ निर्माण आफ्नो प्राथमिकता रहेको बताए । पछिल्लो समय स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएकाले त्यसको संरक्षणका लागि आफूले काम गर्ने उनले बताए ।
पदयात्रा व्यवसायमा लगाइएको भ्याट समसाययिक नभएको भन्दै त्यसको पुनरावलोकनमा आफूले काम गर्ने उनले प्रतिबद्धता जनाए ।
यस्तै उनले आफू टानमा गएपछि व्यवसायी र कर्मचारीका समस्यालाई मध्येनजर गरेर अघि बढ्ने भन्दै २२ बुँदे घोषणा पत्र छिट्टै सार्वजनिक गर्ने बताए ।
यसैबीच अध्यक्षका उम्मेदवार पाण्डेलाई विजयी गराउन साझा समूहले समर्थन गरेको छ । संस्थापक लोकतोन्त्रिक पर्यटन संघ(रेखाबहादुर अधिकारी(कुमार), गतिशील पर्यटन व्यवसायी समूह(निरोज कर्माचार्य), गतिशील पर्यटन व्यवसायी समूह(निरोज कर्माचार्य), पर्यटन व्यवसायी संगठन नेपाल(कुमार थापा), नेपाल पर्यटन व्यवसायी संगठन(नवराज पाण्डे) र शेर्पा पर्यटन व्यवसायी संघ(शोनाम ग्योल्जेन शेपा)ले साझा समूह बनाउने सहमतिसँगै समर्थन जनाएको हो ।

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको