Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

टानको नयाँ नेतृत्वका लागि सनम शेर्पाले दिए द्धितिय उपाध्यक्षको उम्मेदवारी घोषणा

Reporter

ट्रेकिङ एजेन्सीज् एशोसीयसन अफ नेपाल(टान) को नयाँ नेतृत्वका लागि सनम शेर्पाले द्धितिय उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।
भदौ १७ गते हुने टानको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि उनले आफ्नो नाम घोषणा गरेका हुन । पर्यटन व्यवसायी एवम् लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका ट्रेकिङ व्यवसायी सनम शेर्पाले पनि टानको उपाध्यक्षको दाबी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

पर्यटन क्षेत्रमा परिचित नाम हो सनम शेर्पा । नेपालको ट्रेकिङ व्यवसायमा लामो समयदेखि काम गर्दै आएका खुम्बु क्षेत्रका
याङ्कु साम्बाला अपार्टमेन्ट एण्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। यसबाहेक उनले समाजिक काममा सहयोग गर्दै आएका छन्। उनी शेर्पा पर्यटन व्यवसायी संघका समेत उपाध्यक्ष समेत हुन्।

उनले टान बोर्ड सदस्यमा सन् २०१९ देखि सन् २०२२ सम्म काम गरेका छन्। शेर्पा समूदायको विभिन्न संघ संस्थामा आवद्ध छन् सनम हरेक क्षेत्रको अनुभव बोकेका र लामो समयदेखि यसै क्षेत्रको प्रवद्र्धन र विकासका निमित्त अहोरात्र खटिएकाले उपाध्यक्षको निम्ति योग्य रहेको दाबी गरेका छन्। राजेन्द्र प्रसाद सापकोटाको टिमबाट उनले सो पदको दावेदारी प्रस्तुत गरेका छन ।

नेपालको ट्रेकिङ व्यवसायमा महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायबाट टानमा प्रतिनिधित्व निकै कम भएकाले पनि समग्र शेर्पा समूदायको उम्मेदवार रहेको सनम शेर्पाले दाबी गरेका छन्।

बलिवुडकी प्रख्यात अभिनेत्री जय प्रदाबट हालै मात्र भारतको प्रतिष्ठित ईन्टरनेशनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएका शेर्पाले थुप्रै सामाजिक सेवाको कामहरु गर्दै आएका छन ।

ट्रेकिङ ब्यवसायमा रहेका विकृति र विसंगतीलाई नजिकबाट निहाली रहेका शेर्पा टानको उपाध्यक्षको निम्ति आफू योग्य रहेकोे र यो पदमा पुगेपछि ट्रेकिङ क्षेत्रका समस्यालाई समाधानको निम्ति आफू लागि पर्ने बताउँछन्।

ट्रेकिङ क्षेत्रको विकास र विस्तारका लागि नीति निर्माणको कार्यान्वयनको लागि आफूले टानमा उम्मेद्बारी घोषणा गरेको बताउँछन्। आफ्नो विजयी सुनिश्चित भए यो क्षेत्रका विषयवस्तुमा निरन्तर आवाज उठाउने र नीति निर्माण कार्यान्वयनमा दवाव दिने बताउदै उनले समग्र पर्यटन क्षेत्रको विकास र समृद्धिमार्फत यो क्षेत्रको विकास र विस्तारमा पहल गर्ने उनको दाबी छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको