गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १३ प्रतिशतले बढेको हो ।
निरन्तर बढेको रेमिट्यान्सका कारण गत वर्षका सबै महिनामा निक्षेप उल्लेख्य रूपमा बढेको हो ।
गत वर्ष बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा प्रवाह गर्न सकेका छैनन् । जसअनुसार गत वर्ष बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७६ अर्ब ९४ करोड कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको तुलनामा यो ५.८ प्रतिशतले बढेको हो । गत वर्ष राष्ट्र बैंकले ११.५ प्रतिशतले कर्जा प्रवाह विस्तार गर्ने लक्ष्य तय गरेको थियो । अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब ७५ अर्ब ९४ करोड प्रवाह भएको थियो ।
चालु आर्थिक वर्षमा राष्ट्र बैंकले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ ।
लोकप्रिय समाचार