Logo
02 Dec 2024    १७ मंसिर २०८१, सोमबार

ताजा खबर

टेक विसी र सिमरन परियारको स्वरमा ‘नजरमा नजर’ (भिडियो) बेइजिङ पुगे प्रधानमन्त्री ओली आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह एक सातामै धरहराबाट उठ्यो १५ लाख रुपैयाँ राजस्व काठमाडौँमा तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ : एआइ र कानुनबारे बहस कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

साफ यु–२० : आज नेपाल र भुटानबीच सेमिफाइनल भिडन्त

Reporter

 साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज पहिलो सेमिफाइनलको खेल हुनेछ । आज हुने सेमिफाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराएको थियो ।

यस्तै, भुटान समूह बी को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो । भुटानले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।

दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको