काठमाडौं, पुष-०२।
छिमेकी राष्ट्र भारतको सिद्धार्थनगर जिल्लमा १० किलो चरेससहित एक नेपाली नागरीक पक्राउ परेका छन् ।
भारतिय एसएसबीका जवानहरुले गस्ती गर्ने क्रममा आईतबार दिउँसो विशेष सूचनाको आधारमा महादेव बुजुर्ग रेलवे स्टेशनमा चेकजाँचको क्रममा उनको झोलाबाट १० किलो चरेस बरामद भएको जनाएको छ ।
बरामद भएको चरेसको अनुमानित मूल्य अन्तर्राष्ट्रीय बजारमा २ करोड़ रुपैयाँ पर्ने समेत जनाईएको छ । भारतीय एसएसबीका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नो नाम सोमदत्त कोहार र ठेगाना कृष्णनगर नगरपालिका–५ डबरा बताएको जनाएका छन् ।
लोकप्रिय समाचार