Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

अस्पताल आसपास सुर्तीजन्य पदार्थ नबेच्नभन्दा नगर प्रहरीमाथि नै आइलागे : महानगर

Reporter

गंगालाल अस्पतालअगाडिबाट काठमाडौं महानगर नगर प्रहरी बलले सर्वसाधारण धरपकड गरेको घटना बारे प्रष्टिकरण दिएको छ । अस्पताल गेटमै सुर्तीजन्य पदार्थ बिक्री भएपछि अस्पताल प्रशासनले उनीहरूलाई हटाउन उजुरी दिएको थियो । सोही उजुरीका आधारका महानगर नगरप्रहरी आइतबार बिहानै उक्त क्षेत्रमा पुगेको थियो । थर्मसमा चियासँगै चुरोट, गुट्खा, पराग बेचिरहेकाहरूलाई नगर प्रहरीले सम्झाइ–बुझाइ गर्न खोज्दा एक युवाले आक्रमण गरेको नगर प्रहरीको भनाइ छ । यसपछि नगरप्रहरीले उक्त युवालाई धरपकड गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा आलोचना र समर्थन गर्नेहरू दुई धारमा विभाजित भएका थियो ।

भिडियोमा नगर प्रहरी बलको ६–७ जनाले एक व्यक्तिलाई प्रहरीको गाडीमा चढाउन खोज्छन् । अर्को एकजना नगर प्रहरीले चियासहितको दुई थर्मसलाई गाडीमा राख्छन् । यस घटनालाई कतिपयले महानगर र नगर प्रहरीलाई यो अधिकार नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । तर, नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भने अस्पताल अगाडी अखाद्य बस्तु बिक्री नगर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेको र सम्झाउन जाँदा नगर प्रहरीमाथि नै हातपात गरेकाले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउन ल्याएको बताए । ‘अस्पताल प्रशासनबाटै अस्पतालअगाडि चियासँगै चुरोट, गुट्खा बिक्री भएकाले हटाइदिन उजुरी आएको थियो ।

हामीले उहाँहरूलाई पटक–पटक सम्झाउँदा पनि मान्नुभएको थिएन । आज पनि सम्झाउन खोज्दा अखाद्य वस्तु बेच्ने महिलाको छोराले नगर प्रहरीमाथि हातपात गरे । नगर प्रहरीका लुगा नै च्यातिदिए । त्यसैले उनलाई कारबाहीका लागि ल्याएका थियौँ,’ पाण्डेले भने, ‘हामीले उहाँलाई कन्ट्रोल रुम बागदरबार ल्याएर काउन्सिलिङ ग¥यौँ । त्यसपछि मागी मागेर गए ।’ उनले आजको घटनालाई ठुलो विषय बनाएको र महानगरलाई काम गर्न नदिएको गुनासोसमेत गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको