Logo
06 Nov 2024    २१ कार्तिक २०८१, बुधबार

ताजा खबर

विवादमा तानिएका कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले बुझाए राजीनामा पाँच केजी सुनसहित विमानस्थलबाट तीनजना पक्राउ छठको दोस्रो दिन आज ‘खरना’ अमेरिकी राष्ट्रपति चुनाव : मतगणना शुरु, ट्रम्पको अग्रता राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै नेपाल एयरलाइन्सले शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने

पृथ्वी राजमार्गमा पहिरो, मुग्लिन-काठमाडौं सडक ठप्प

Reporter

मुग्लिन-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको आदमघाटनजिकै ठूलो पहिरो झरेको छ । धादिङको गजुरी गाउँपालिका-६ बेल्खुमा माथिबाट ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग पूरै ठप्प भएको छ ।

सोमबार साँझ ५ बजे राजमार्गमा ठूलो पहिरो खसेपछि दुवैतर्फ यातायात पूर्ण रुपमा ठप्प भएको छ । अहिलेसम्म पहिरो हटाइएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पहिरो हटाउन अझै समय लाग्नेछ । थप पहिरो नखसे रातिसम्म हटाएर सवारी खुलाउन सकिने छ ।

पहिरोले मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रुपमा अबरुद्व भएको छ । सडक अवरूद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको छ । हजारौँ यात्रु बाटैमा अलपत्र छन् । उता नारायगढ-मुग्लिन र मुग्लिन-तनहुँ सडक भने सामान्य अवस्थामा सवारी साधन दुईतर्फी चलिरहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको