Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

काठमाडौं प्लेअफमा, पारसको विराटनगर बाहिरियो

admin

kathamandu kings on EPl

काठमाडौं, पुष-०२।

एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको प्लेअफ समीकरण पूरा भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा काठमाडौं किंग्स–११ ले विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गरेसँगै प्लेअफ समीकरण पूरा भएको हो ।

विराटनगर वारियर्सले दिएको १०१ रनको सामान्य चुनौती काठमाडौंले १७ ओभर ५ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

केभिन ओ’ब्राइनले काठमाडौंका लागि ४३ बलमा अविजित रहँदै ४५ तथा प्रर्दीप साहुले २३ बलमा २१ रन जोड्दा विराटनगरका कप्तान पारस खड्का र रोएलोफ् भान्डर मार्वेले समान २/२ विकेट लिए ।

खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ५ बलमै अलआउट हुँदै १०० बनाएको थियो ।

काठमाडौंका लागि अलराउन्डर ओ’ब्राइनले ३, रोहन मुस्तफा, साहु र बिक्रम भुसालले समान २/२ विकेट लिएका थिए ।

जितसँगै काठमाडौं क्वालिफायरमा पुग्दा विराटनगर भने प्लेअफबाट बाहिरएको छ ।

८ अंकको ललितपुर शीर्ष स्थानमा रहँदै यसअघि नै क्वालिफायरमा पुगेको थियो भने काठमाडौं रनरेटकोमा आधारमा दोस्रो भएर प्लेअफमा पुग्यो।

जारी लिगमा भैरहवा ग्लाडियटर्स ६ अंकसहित तेस्रो तथा चितवन टाइगर्स विराटनगरभन्दा रनरेटको आधारमा अगाडि रहँदै ४ अंकसहित प्लेअफमा पुगेको छ ।

६ टिम सहभागी रहेको उक्त प्रतियोगिताबाट विराटनगर र अंकविहीन पोखरा राइनोज बाहिरिएका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको