Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

काठमाडौं प्लेअफमा, पारसको विराटनगर बाहिरियो

admin

kathamandu kings on EPl

काठमाडौं, पुष-०२।

एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको प्लेअफ समीकरण पूरा भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा काठमाडौं किंग्स–११ ले विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गरेसँगै प्लेअफ समीकरण पूरा भएको हो ।

विराटनगर वारियर्सले दिएको १०१ रनको सामान्य चुनौती काठमाडौंले १७ ओभर ५ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

केभिन ओ’ब्राइनले काठमाडौंका लागि ४३ बलमा अविजित रहँदै ४५ तथा प्रर्दीप साहुले २३ बलमा २१ रन जोड्दा विराटनगरका कप्तान पारस खड्का र रोएलोफ् भान्डर मार्वेले समान २/२ विकेट लिए ।

खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ५ बलमै अलआउट हुँदै १०० बनाएको थियो ।

काठमाडौंका लागि अलराउन्डर ओ’ब्राइनले ३, रोहन मुस्तफा, साहु र बिक्रम भुसालले समान २/२ विकेट लिएका थिए ।

जितसँगै काठमाडौं क्वालिफायरमा पुग्दा विराटनगर भने प्लेअफबाट बाहिरएको छ ।

८ अंकको ललितपुर शीर्ष स्थानमा रहँदै यसअघि नै क्वालिफायरमा पुगेको थियो भने काठमाडौं रनरेटकोमा आधारमा दोस्रो भएर प्लेअफमा पुग्यो।

जारी लिगमा भैरहवा ग्लाडियटर्स ६ अंकसहित तेस्रो तथा चितवन टाइगर्स विराटनगरभन्दा रनरेटको आधारमा अगाडि रहँदै ४ अंकसहित प्लेअफमा पुगेको छ ।

६ टिम सहभागी रहेको उक्त प्रतियोगिताबाट विराटनगर र अंकविहीन पोखरा राइनोज बाहिरिएका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको