Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

‘चौथो ग्लोबल आर्ट,कल्चर एण्ड टुरिजम कन्फ्रेन्स’ मलेसियामा सम्पन्न

Reporter

मलेसिया ।  चौथो ग्लोबल आर्ट,कल्चर एण्ड टुरिजम कन्फ्रेन्स मलेसियाको क्वाललाम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटेलमा भव्य रुपमा सम्पन्न भएको छ । आर सि एसिया प्यसिफिक एनआरएनका प्रमुख  हरि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कन्फ्रेन्समा मलेसिया स्थित नेपाली राजदुतावासका कार्यबाहक राजदुत मोदिता बज्राचार्य कलाकार, पत्रकार, समाजसेवी, शिक्षाविद्, व्यवसायीहरु , विभिन्न क्षेत्र प्रतिष्ठित व्यक्तित्वहरु लगायत नेपालबाट समेत करिव दुइ दर्जन वढि विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

साथै मलेसियामा रहेका विशिष्ट व्यक्तित्वहरु समाजसेवी एवं व्यबसायीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा ग्लोबल आर्ट , कल्चर एन्ड टुरिजमका अध्यक्ष एवं अभिनेता श्रीदेव भट्टराईले सभा अध्यक्षको भुमिका निर्वाह गर्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पारे ।।

नेपाली कला संस्कृति एवं पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न देशमा आयोजना हुदै आएको उक्त कन्फ्रेन्सले मलेसियामा नेपालको पर्यटन र कला संस्कृतिको विकासमा योगदान रहने साथै कला छेत्रको बिकासको लागि आफुले सहयोग गर्ने कार्यबाहक राजदुत मोदिता बज्राचार्यले उदघोष गरिन ।बिभिन्न बक्ताहरुले टुरिजम , कला, ब्यबसाय , भासा , साहित्य ,सस्कृति बारे बताएका थिए ।

यस किसिमका कार्यक्रमले नेपालमा लगानी भित्राउन समेत मद्दत पुग्ने विश्वास उपस्थित अन्य वक्ताहरुले व्यक्त गरेका थिए ।

त्यस्तै सम्बन्धित क्षेत्रका विज्ञहरुले आ आफ्नो क्षेत्रका समस्या र समाधानका विषयमाथी वहस गरेका थिए ।

कार्यक्रममा कलाकार पवन प्रसाद खतिवडाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

सोही कार्यक्रममा नेपाल तथा मलेसियामा रहि आआफ्नो क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु सम्मान प्रदान गरियो।

कला सम्मान बरिस्ठ कलाकार शिवहरि नेपाल ( बैरागी) लाइ, सङ्गित सम्मान बरिस्ठ गायक एवं सङ्गितकार नरहरि प्रेमीलाइ
कला सम्मान  पवन प्रसाद खतिवडा ( बाबा )लाइ , कलाकारिता सम्मान  गोपाल ढकाल छन्देलाइ , न्याय / कला सम्मान राजेन्द्र शर्मा लाइ , व्यावसाय सम्मान बिमान कार्किलाइ, गायन सम्मान सिता देवि दुरा  , शोभा छेत्री , राधिका खत्री ( राधा)  लाइ , निर्माण / कला सम्मान राम सिङ तामाङ ( प्रबल थिङ ) लाइ समाज सेवि सम्मान सोभित उप्रेती  प्रबिन घिसिङ , बद्री प्रसाद उप्रेतिलाइ त्यसै गरियो कन्फेरेन्स सफल बनाउन सहयोग गर्ने दुर्गा नेपाल र सिमा कुमारिलाइ कदर पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा एसिया पेसिफिक आर सि को तर्फबाट नायक श्रीदेव भट्टराईलाइ देश बिदेशमा कला सस्कृति एवम नेपाल चिनाउने उदेश्य ले लागि परेको भन्दै सम्मान गरिएको थियो। त्यसै गरि गरि यस एम पि को तर्फबाट मलेसिया स्थित आयोजक एसिया प्यसेफिक एन आर एन का अध्यक्ष  हरि भट्टराईलाइ मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि  भट्टराईले आफु मलेसियामा करिब पच्चीस बर्स देखि रहदै आएको धेरै नेपालिको साथ र सहयोग रहेको बताउनु भयो । नेपालि कला सस्कृति , पर्यटन , ब्यबसाय भासा , साहित्यको गहकिलो रुपमा मलेसियामा स्थापित गर्न चाहेको र एस्को लागि आफुले सबै सङ्ग सहकार्य गर्ने बताउनु भयो। यो कार्यक्रमले दुइ देश बिचको मीठो सम्बन्ध रहने साथै कुनै पनि समस्या पर्दा नेपालि नेपालि बिच भाइचाराको अपन्वतो रहने बताए ।

हाम्रो देश तेति सुन्दर छ यो बिसयमा त्यहाको संघसस्था सङ्ग सहकार्य गर्दै त्याहाको जन मानिसमा जानकारि गराउने साथै आफ्नो सस्थाले नेपालि कला , सहित्य को निमित्त जुन सुकै साथ दिन तयार रहेको बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको