Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू-२० च्याम्पियनसिपको उपाधि

Reporter

बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो। बंगलादेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए। त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए ।

त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औं मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए। नेपालका लागि एक गोल समीर तामाङले ८०औं मिनेटमा गरेका हुन्। योसँगै बंगलादेशले पहिलो पटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको