Logo
10 Dec 2024    २५ मंसिर २०८१, मंगलवार

ताजा खबर

प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढ्यो गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा ‘पग्लियो यो मन’(भिडियो) गढीमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

पत्रकार अरबिन्द्र गौतम सम्मानित

Reporter

काभ्रेपलान्चोक – विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौरी मल्लले युवा पत्रकारिता सम्मान प्रदान गरेका थिए । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ र सामरी इन्टरनेशनल अवार्ड २०२४ को अवसरमा अरबिन्द्र गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो ।

नेपाली कला, संस्कृति, साहित्य, राजनीति, गित संगित, राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, यौनजन्य अपराध, कुरिती-कुसंस्कार लगायत सबैखाले विकृति विसङ्गतिका विषयमा सत्य तथ्य खबर निरन्तर रुपमा बाहिर ल्याउन यहाँले दिनुभएको योगदानको उच्च मुल्यांकन गर्दै मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ को विशेष कार्यक्रमका अवसरमा गौतमलाई युवा पत्रकारिता सम्मान – २०८१ प्रदान गरिएको छ। काभ्रेको निकै विकट क्षेत्रको रुपमा चिनिने कोशिपारी चौबास घर भएका गौतम काभ्रे जिल्लाको पत्रकारितामा क्षेत्रमा एक सुपरिचित नाम हो भन्दा फरक नपर्ला, पछिल्लो समय पत्रकारिता क्षेत्रमा उनको सक्रियता निकै बढेको छ । उनी पछिल्लो समय विभिन्न भेग र बस्तीमा गएर पनि भिडियो डकुमेन्ट्री निर्माण गरिरहेका छन् ।

नव क्षितिज साप्ताहिकका सह-सम्पादक, काभ्रे प्रेस डट कमका प्रधान सम्पादक, राम्रो सन्देश डट कमका सह- सम्पादक साथै माउन्टेन टेलिभिजनका काभ्रे सम्बादाताको रुपमा पनि लामो समय पत्रकारिताको क्षेत्रमा रहेर काम गरेका थिए । नेशनल पावर न्युज लगायत अन्य थुप्रै मिडियामा आवद्ध रहेका उनि प्रेस चौतारी नेपाल काभ्रेका सह-सचिव पनि हुन् । उनले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् । २०७५ सालमा सम्पन्न नाट्यश्वर म्युजिक अवार्डमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको हात बाट कला पत्रकारिता सम्मान प्राप्त गरेका थिए भने गौरी शंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वाषिर्कोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रबिधी मन्त्री नेपाल सरकारका प्रबक्ता माननीय पार्बत गुरुङ र बरिस्ठ कलाकार मदनदास श्रेष्ठले नगद पाँच हजार पाँच सय पचपन्न रुपिया सहित मोफसल पत्रकारिता पुरस्कार बाट सम्मानित गरेका थिए ।

त्यस्तै २०७६ सालमा सम्पन्न ज्योति फिल्मस म्युजिक अवार्डमा पत्रकारिता सम्मान, एपिक नेपाल म्युजिक अवार्ड २०७६ को उत्कृष्ट ५ मनोनयनमा परेका गितहरु लाई प्रमाणपत्र वितरण समारोह तथा हाम्रो साझा हिमाल बोलको गित अनावरणको विशेष समारोहमा युवा पत्रकारिता सम्मान प्राप्त गरेका थिए भने नेशनल इन्टरटेनमेन्ट अवार्डमा मोफसल पत्रकारिता सम्मानको साथै भर्खरै सम्पन्न कर्पोरेट अनर अवार्ड २०२२ मा पत्रकारिता सम्मान प्राप्त गरेका थिए । त्यस्तै जिल्ला सहकारी संघ काभ्रेले जिल्ला कै उत्कृष्ट पत्रकारको रुपमा नगद पाँच हजार सहित बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पत्रकारिता सम्मान प्रदान गरेका थिए । गौतमले यो लगायत थुप्रै संघ संस्था बाट पत्रकारिता सम्मान प्राप्त गरिसकेका छन् । उनले पछिल्लो समय विभिन्न ठाउँमा गएर नेपालको कला संस्कृति रितिरिवाज जातजाति धार्मिक लगायत बिषयहरुलाई समेटेर भिडियो डकुमेन्ट्री निर्माणको साथै निर्देशन र कार्यक्रम संयोजक भएर काम गरिरहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको