Logo
11 Oct 2024    २५ आश्विन २०८१, शुक्रबार

ताजा खबर

अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो देशका अधिकांश भूभागको मौसम सफा रहने आज महानवमी , तलेजु भवानी मन्दिर खोलिँदै आजदेखि वीपी राजमार्ग सञ्चालनमा दशैं बिदामा पनि प्रेस काउन्सिलले नियमनलाई निरन्तरता दिने बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

फेसियल हाउसको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम

Reporter

फेसियल हाउसको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको तीज मनाएको हो ।

‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुसन’ नाराका साथ सुन्दरतासम्बन्धी सम्पूर्ण काम गर्दै आएको फेसियल हाउसले विगतका वर्षहरूमाझैं यो वर्ष पनि सांस्कृतिक महत्व झल्काउँदै तीज मनाएको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ सौन्द्रर्यविद् सुष्मा महराले जानकारी दिइन् ।

फेसियल हाउसले नेपाली कला, संस्कृति र शैलीलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्न हरेक नेपाली पर्वहरूलाई विशेष रुपमा मनाउने गरेको र यस वर्षको तीज पर्वलाई विगतको भन्दा अझ फरक तरिकाले मनाइएको जानकारी उनले दिइन् । यसरी नेपालको मौलिक पर्वहरूलाई मौलिक रूपमै मनाउँदा विशेष हुने उनको भनाइ छ ।

तीज विशेष कार्यक्रममा ‘फेसियल हाउस एकेडेमी’का ब्युटीसियनहरूको कल्चरल थिम मेकअप प्रतिस्पर्धा र फेसियल हाउस प्रोफेसनल फेसन शो प्रस्तुति गराइएको थियो । कार्यक्रममा निर्णायकका रूपमा अधिवक्ता आकृति रायमाझी, आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका अध्यक्ष फुपू तेन्जिङ शेर्पा, वरिष्ठ ब्युटीसियन सशी शाह, वरिष्ठ पत्रकार उषा लोहनी र पत्रकार गंगा लामा थिए । २१ जना सहभागी रहेको प्रतिस्पर्धाको कोरियोग्राफी आरुषा महर्जनले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणा, विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, नेकपा एमालेकी नेत्री एवम् पूर्व सांसद शान्ता चौधरी, डा. राज्यश्री श्रेष्ठ, नेपाल ब्युटीसियन संघकी पूर्व अध्यक्ष भगवती खड्का, अरुणा रायमाझी, लिला जीसीलगायत रहेका थिए ।

कार्यक्रमलाई कन्टीड्रमा, एमआईकेटीएम, आईआईएफटी, केराफिल, लिजाप, हुन्छ डटकम, मल्टी न्युट्रेशन, नेल आर्ट ग्यालरी, सिजन ड्रमा र ट्रू–ड्रमाले सपोर्ट गरेका थिए भने मिडिया पार्टनरका रूपमा कर्पोरेट खबर अनलाइन, ह्वाइट मिडिया, गुड टीभी नेटवर्क, लालीगुराँस हनलाइन, राज्यदैनिक अनलाइन, न्यूजलाइन्सनेपाल अनलाइन र जनसवाल दैनिकले सघाएका थिए ।

फेसियल हाउसबारे

काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय (सर्भिस सेन्टर) रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने अन्य केही सहरमा फेसियल हाउसको ब्राण्डमा सेवा प्रवाह भइरहेको छ । फेसियल हाउसले ब्युटीसम्बन्धी तालिम दिनाका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुप्रै सेवा दिँदै आएको छ ।

यसैगरी, नेपालीहरूको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ । केही समयभित्र नेपालमा नै हर्वल कस्मेटिक उत्पादन गर्ने लक्ष्य राखेको फेसियल हाउसले नेपालको नम्बर वान ब्युटी सलुनको अवार्ड समेत पाइसकेको छ ।

नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, ब्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ । यसैगरी, हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको छ ।

सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको