Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

आज संसदका चार समितिको बैठक बस्दै

Reporter

आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै छ । आज अर्थ समिति, शिक्षा समितिको बैठक बस्दै छ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायाँ व्यवस्था समितिको बैठक पनि बस्दै छ भने संयुक्त संसदको संसदीय सुनुवाई समितिको बैठक पनि बस्दै छ ।

आज बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने एजेण्डा रहेको छ । अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेल पनि उपस्थित हुँदैछन् ।

त्यसैगरी अपराह्न १ बजेका लागि बोलाइएको शिक्षा समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसै गरि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै संसदीय सुनुवाई संयुक्त समितिको ११ बजे बोलाइएको बैठकमा विभिन्‍न देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको