Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको मृत्यु

Reporter

ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट शनिबार हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरले आईसीयूमा राखेर उपचाररत तामाङको आज बिहान मृत्यु भएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार थाइराइडको क्यान्सर उपचारका लागि उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनले अस्पतालबाट हाम फाल्नुको कारण खुलेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको