Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

admin

Nirmala panta rape and murder case

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ ।

एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो ।

आजको नयाँ पत्रिकामा यो खबर छ, प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको समितिले निष्कर्ष निकालेको छ ।

सो घटनामा प्रहरीले वास्तविक अभियुक्त जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । तर, नियोजित नभए पनि अनुसन्धानको क्रममा लापरबाही गरेको निष्कर्ष छानबिन समितिको छ ।

केही प्रहरीलाई सेवाबाटै हटाउने विभागीय सजाय गर्न समितिले राय दिएको छ । खासगरी घटनास्थलमा खटिने मुचुल्का बनाउने टिम र अनुसन्धान अधिकृतलाई अधिकतम सजाय हुने एक अधिकारीले बताए । ‘हामीले कार्यादेश अनुसार अनुसन्धानमा प्रहरीको गल्तीको पाटो केलाएर प्रतिवेदन बुझाएका छौँ,’ समितिका संयोजक एआइजी बस्नेतले भने, ‘प्रतिवेदन सात सय पृष्ठभन्दा लामो छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको