गृहमन्त्रीस्तरीय निर्णयले आज जनपद प्रहरी समूहतर्फका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)को सरुवा भएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेका डिआइजी कृष्णहरी शर्मा पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ।
यस्तै डिआईजी किरण राणालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भरतबहादुर बोहरालाई प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालय नक्सालबाट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याइएको छ ।
बोहराले यसअघि एसएसपी हुँदा काठमाडौँ जिल्लाको कमाण्ड सम्हालेका थिए।
लोकप्रिय समाचार