Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

टानको अध्यक्षमा सागर पाण्डे विजयी

Reporter

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्। प्रत्यासी राजेन्द्र सापकोटालाई १०० मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन्। पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत हात पारे गरे ।

यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन्। उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई हराए। चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा वरिष्ठ उपाध्यक्षमा विजयी भए। प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भए।

सचिवमा रिञ्जी जाङबु शेर्पा र कोषाध्यक्षमा गौतमराज वाग्ले विजयी भए। सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा चयन भए। पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) सदस्य पदमा निर्वाचित भएका छन्।

नयाँ नेतृत्व चयनका लागि टानमा सोमबार निर्वाचन भएको थियो। पाण्डे माओवादी केन्द्र निकट मानिन्छन्। पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको