Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

मोडलिङ क्षेत्रमा रहेको विकृ्ती हटाउने प्रयासमा मोडल मनिषा

admin

काठमाडौं, पुस-०३ ।

नेपालमा अहिलेको समयमा युवा पुस्ताहरुबिच मोडलिङ क्षेत्र आकर्षणको केन्द्र बनिरहेको छ । आकर्षण बढेसंगै अवसर र चुनौतीहरु समेत धेरै नै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ,त्यस्तै मोडल तथा नायिका बन्ने लक्ष्य लिएर मोडलिङ क्षेत्रमा आफ्नो भविष्य सुरु गरेकी नब मोडल हुन् मनिषा सापकोटा ।

manisha sapkota

स्नातक तहमा अध्ययनरत मनिषा परिवारको साथ र सहयोगले नै यो क्षेत्रमा अगाडि बढ्न प्रेरणा मिलेको बताउछिन नृत्य तथा अभिनयमा रुची राख्ने मोडल मनिषा सापकोटा मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने जगतमा स्थापित हुन चाहेको बताउछिन ।

manisha sapkota

काठमाडौँस्थित धुम्बाराहीमा स्थायी रुपमा रहँदै आएकि मनिषा सापकोटा बिगत २ बर्ष देखि यहि क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन ।
यदि राम्रो चलचित्र तथा म्युजिक भिडियोहरूबाट अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउने मनिषा आफूमा सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि भएकोले नृत्य तथा अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिसरत रहेको बताउछिन ।

manisha sapkota

 

मोडलिङ पेशा एक मर्यादित र राम्रो हुदाहुदै पनि समाजको गलत व्याख्याले गर्दा यस क्षेत्रलाई बदनाम गरेको बताउदै, अब आफू जस्ता युवा पुस्ता मिलेर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रमा लागेको गलत अर्थ मेटाउदै यसलाई अगाडि बढाउनु पर्ने उनी बताउछिन ।

manisha sapkota

केहि म्युजिक भिडियोमा अभिनय गरि सकेकी मनिषाले टिभि एड, टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन ।फेशन सोहरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मोडल मनिषा भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । उनी भन्छिन– मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन।

manisha sapkota


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको