Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

युक्रेनमा रुसी मिसाइल आक्रमणमा ४९ को मृत्यु, २१९ घाइते

Reporter

युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते भएका छन् ।

युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार बताए ।

अधिकारीहरूले आक्रमण सोही नामको क्षेत्रको राजधानी पोल्टावा सहरमा भएको बताए । पोल्टावा किएभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।

नौ सय दिनभन्दा पनि धेरैअघि सन् २०२२ फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि यो आक्रमण रुसी सेनाले गरेको सबैभन्दा घातक आक्रमण भएको देखिन्छ ।

“(पोल्टावा सैन्य) सञ्चार संस्थानको भवनहरूमध्ये एक आंशिक रूपमा नष्ट भएको थियो, मानिसहरूले आफैँलाई भग्नावशेषमुनि पाएका थिए, धेरै मानिसलाई बचाइएको छ”, जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा भने, “उद्धार कार्यमा सबै आवश्यक सेवाहरू समावेश छन् ।”

उनले घटनाको ‘पूर्ण र द्रुत जाँच’ को आदेश दिए । उनले थप कुनै विवरण दिएनन् ।

धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ । उद्धार टोली र चिकित्सकहरूले २५ जनालाई बचाएको रक्षा मन्त्रालयले विज्ञप्तिमा बताएको छ । तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको