Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

यस वर्षको तिज महोत्सवको ‘ मिसेस डायमण्ड’को उपाधी लिला केसीले हात पारिन

Reporter

यस वर्षको मिसेस तिज महोत्सवको डायमण्ड मिसेस ताजको उपाधी समाजसेवी तथा महिला उद्यमी लिला केसीले हात पार्न सफल भएकी छिन ।

लामो समयदेखि समाजसेवा र व्यबसायमा सक्रिय केसीलाई प्रतियोगीताका मुख्य निणार्यक कलाकार किरण केसी तथा अन्य निणार्यकहरु वरिष्ठ रेडियोलोजिष्ट डा.सुशिल जंग शाह, डर्माटोलोजिष्ट डा.अपर्णा शाह, ईन्टरनेशनल रनवे मोडल दिपक घिमिरे, गायिका सरस्वती खत्री ‘सुरसुधा’, हबिव्सका प्रमुख सेजल जलान, मुम्बईबाट आएकी चर्चित अन्तराष्ट्रिय मोडल ऐश्वर्य उपाध्याय तथा भारतिय वरिष्ठ संचारकर्मी एवं ईभेन्ट डाईरेक्टर सविता भारति राणाले उपाधीको प्रमाण पत्र तथा ताज पहिराईदिएका थिए ।

प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रुपमा सम्पन्न भएको थियो ।

शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो ।

सांस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मनाउदै आएको तिज फेस्टिवलमा डेढ दर्जन बढि महिला उद्यमी अपाङ्गहरुद्धारा उत्पादिन खाद्यान्न,कपडा,घरेलु उत्पादनबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टल राखिएको थियो । समारोहमा लायन्स क्लब अफ ड्रिम्सबाट रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै ओम समाज डेन्टल,ओम चावहिल डेन्टल,नेपाल भारत मैत्री अस्पताल तथा एएसजी आई केयरबाट निशूल्क स्वास्थ्य शिविर संचालन गरेका थियो ।
देश विदेशमा विभिन्न अवार्ड समारोह,फेशन शो सांस्कृतिक कार्यक्रम,पर्यटन प्रर्वद्धनका लागि गरिने विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको प्याजेन्ट नेपालले सो कार्यक्रममा ‘मिस एण्ड मिसेस तिज’ को समेत आयोजना गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको