Logo
13 Dec 2024    २८ मंसिर २०८१, शुक्रबार

ताजा खबर

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का प्रधानमन्त्री ओलीविरुद्धको कसुरमा धरौटीमा छाड्न आदेश, अर्को मुद्दामा हिरासतमा बस्नेछन् दुर्गा प्रसाई रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति कमलादीमा भासिएको सडक आजदेखि प्रयोगमा

प्रधानमन्त्री विरुद्ध फेसबुकमा स्टाटस लेखेर बालेनको पपुलारिटी बढ्दैन : एमाले सचिव भट्टराई

Reporter

एमाले सचिव योगेश भट्टराईले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले गरिरहेको गतिविधि ठीक नभएको टिप्पणी गरेका छन् । एक टेलिभिजन अन्तर्वार्तामा मंगलबार भट्टराईले आफ्नो दायराभित्र बसेर काम गर्न बालेनलाई सुझाए । बालेनका क्रियाकलाप नेपाली समाज भाँड्न उद्धत रहेको आरोप उनको छ । ‘संवैधानिक हिसाबले तीन तहको सरकारमध्ये काठमाण्डु महानगर एउटा सरकार हो । महानगरपालिकाभित्रको प्रधानमत्री नै हो उहाँ ।

उहाँले जनताले जे स्थान दिएको हो आफ्नो ठाउँमा बसेर काम गर्नुपर्छ’, उनले भने, ‘बालेनजी जे गर्दैहुनुहुन्छ त्यो ठीक छैन । उहाँ जे गर्दै हुनुहुन्छ । नेपाली समाजलाई भाँड्ने काम गर्दै हुनुहुन्छ । नभाँड्नुस त्यसरी ।’ बालेनसँग हजारौं युवाहरुको सपना जोडिएको भन्दै उनले उनका गतिविधिले ती युवाको सपनामाथि धोका हुने बताए । भट्टराईले आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीविरुद्ध फेसबुकमा स्टाटस लेखेर बालेनको पपुलारिटी (लोकप्रियता) नबढ्ने टिप्पणी गरे । ‘केपी ओलीलाई स्टाटस लेख्दैमा उहाँको पपुलारिटी बढ्दैन । तपाईंजत्तिको युवा मान्छे । तपाईंसँग लाखौं युवाहरुको सपना जोडिएको छ र त तपाईंले जित्नुभयो नि’, बालेनलाई सुझाव दिँदै भट्टराईले भने, ‘तर, तपाईं जे गर्दै हुनुहुन्छ, ती युवाहरुको सपनामाथि धोका दिँदै हुनुहुन्छ । धोका नदिनुस् र यो राष्ट्रलाई नभाँड्नुस् ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको