Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

डेंगीबाट झापामा दुईजनाको मृत्यु

Reporter

कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन्। यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारी-३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड-४ का आठ वर्षीय आलोकजंग बस्नेत रहेका छन्। झापामा साउन १ गतेयता संक्रमितको संख्या एक सय २८ पुगिसकेको छ।

कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगीका संक्रमित धेरै पाइएको छ। ताप्लेजुङमा भने डेंगीको एकजना पनि सङ्क्रमित पाइएको छैन।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगीको संक्रमण भएको छ। यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, संखुवासभामा ६७, ओखलढुंगामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेंगी संक्रमण भएको पाइएको छ।

गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेंगीको सङ्क्रमण फैलिन थालेको थियो। वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेंगी संक्रमण भइसकेको थियो।

झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगीको संक्रमण भेटिएको छ। त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेंगीको संक्रमण भेटिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको