Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

“1win Ci ᐉ Rome Sportifs Durante Hachure ᐉ 1win Côte D’ivoire Be Care Love “1win Ci ᐉ Rome Sportifs Durante Hachure ᐉ 1win Côte D’ivoire Be Care Love 1win Giriş 1win Güncel Giriş Adresi 2025 1win Türkiye अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य

प्रहरीले अनुमति बिना उच्च तहका व्यक्ति भेट्न नपाउने

Reporter

प्रहरी प्रधान कार्यालयले देशभरीका युनिटमा कार्यरत प्रहरीका लागि सर्कुलर जारी गरेको छ।

प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरको सचिवालयले सर्कुलर जारी गर्दै पूर्वअनुमति बिना अन्य निकायका उच्च तहका व्यक्ति वा शक्ति केन्द्र भेट्न नपाउनेगरी सर्कुलर गरेको हो।

सचिवालयले प्रहरी नियमावली–०७१ को नियम १०५ स्मरण गराउँदै पत्र जारी गरेको बताइएको छ। उक्त नियममा ‘प्रहरी कर्मचारीले बाहिरी प्रभाव पार्न नहुने’ भन्ने व्यवस्था छ।

प्रहरी कार्यालयले शक्तिकेन्द्रमा भनसुन गराएर अनुचित प्रभाव पार्न खोजे कारबाही गरिने चेतावनी दिएको छ।

प्रहरी नियमावलीअनुसार त्यस्ता क्रियाकलापमा संलग्न कर्मचारीहरूलाई नसियत दिने र ग्रेड घटुवा गर्नेसम्मको कारबाही हुने व्यवस्था छ।

बाहिरी पहुँचका आधारमा बढुवा, सरुवालगायतमा प्रधान कार्यालयले दबाब खेप्नुपरेपछि ऐन स्मरण गराउँदै पत्र पठाइएको हो। नियम कडाईमा आईजी कुँवर केही कठोर बनेका छन्।

प्रहरीमा चेन अफ कमान्डलाई ख्याल नगरी शक्ति केन्द्र धाउने प्रचलन बढाइएका कारण प्रभावकारी काम देखाउन संगठनलाई सकस हुने गरेको थियो। प्रधान कार्यालयले यसअघिका संगठन प्रमुख रहँदा पनि ऐन स्मरण गराउँदै आएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको