Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

गण्डकी विकास बैकको एकिकृत कारोबारको शुभारम्भ

admin

 

 

पोखरामा स्थापित फेवा विकास बैक र गण्डकी विकास बैक एक आपसमा मर्ज भएर गण्डकी विकास बैकको नामबाट सञ्चालनमा आएको छ ।

एकिकृत कारोबार शुभारम्भ कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले भौतिक रुपमा उपस्थित नभएपनि प्रविधिको माध्यमबाट बैकको उद्घाटन गरेका छन् ।

 

कार्यक्रमका विशेष अतिथिको रुपमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जि.सिले बैक परिवारलाई सफलताको शुभकामना दिए ।

मर्जपछि बैकको कुल चुक्तापूँजी रु. १ अर्ब ८४ करोड र निक्षेप रु. १८ अर्ब २३ करोड पुगेको छ । त्यस्तै, कर्जा रु. १६ अर्ब ४७ करोड पुगेको छ भने ग्राहक संख्या २ लाख पचास हजार र कर्मचारी ४ सय जना भएको छ । बैंकको शाखा संख्या ५० र एटिएमको संख्या २१ पुगेको छ ।

मर्जपछि अध्यक्षमा जगन बहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृतमा रेशम बहादुर थापाले जिम्मेवारी सम्हाल्ने भएका छन् । कार्यक्रममा साविक फेवा विकास बैकका लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको