Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

गण्डकी विकास बैकको एकिकृत कारोबारको शुभारम्भ

admin

 

 

पोखरामा स्थापित फेवा विकास बैक र गण्डकी विकास बैक एक आपसमा मर्ज भएर गण्डकी विकास बैकको नामबाट सञ्चालनमा आएको छ ।

एकिकृत कारोबार शुभारम्भ कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले भौतिक रुपमा उपस्थित नभएपनि प्रविधिको माध्यमबाट बैकको उद्घाटन गरेका छन् ।

 

कार्यक्रमका विशेष अतिथिको रुपमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जि.सिले बैक परिवारलाई सफलताको शुभकामना दिए ।

मर्जपछि बैकको कुल चुक्तापूँजी रु. १ अर्ब ८४ करोड र निक्षेप रु. १८ अर्ब २३ करोड पुगेको छ । त्यस्तै, कर्जा रु. १६ अर्ब ४७ करोड पुगेको छ भने ग्राहक संख्या २ लाख पचास हजार र कर्मचारी ४ सय जना भएको छ । बैंकको शाखा संख्या ५० र एटिएमको संख्या २१ पुगेको छ ।

मर्जपछि अध्यक्षमा जगन बहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृतमा रेशम बहादुर थापाले जिम्मेवारी सम्हाल्ने भएका छन् । कार्यक्रममा साविक फेवा विकास बैकका लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको