Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत नक आउट चरणको खेल तालिका सार्वजनिक

admin

UEFA champions league

काठमाडौं, पुस-०३ ।

युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक भएको छ ।

प्रि–क्वाटरफाइनल अर्थात् अन्तिम १६ मा तीन वटा इङ्लिस क्ललबे तीन वटा जर्मन क्लबसँग भिड्ने भएका छन् ।

इङ्लिश क्लब लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखसँग खेल्दा टोटनह्याम हट्सपरले बोरुसिया डर्टमण्डसँग तथा म्यान्चेस्टर सिटीले शाल्कासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

त्यसैगरी अर्को इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई आफ्नो प्रतिद्वन्द्वीको रुपमा पाएको छ ।

उता, स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सको लियोसँग भिडन्त पक्का गर्दा साबिक विजेता रियल मड्रिडको भेट नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग हुने भएकोछ ।

त्यस्तै, इटालिको युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्दा अर्को ईटालीयन क्लब ए.एस रोमाले पोर्चगलको एफसी पोर्टोसँग भिड्नुपर्ने छ ।

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिगको खेल यही फेब्रुअरी १२, १३, १९ र २० तारिखमा हुनेछन ।

त्यसैगरी दोस्रो लिगको खेल भने मार्च ५, ६, १२ र १३ तारिखमा हुनेछन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको