Logo
09 Oct 2024    २३ आश्विन २०८१, बुधबार

ताजा खबर

आज एक लाख यात्रुले छाडे उपत्यका साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा विभागद्वारा तीन सातामा १०९१ स्थानमा अनुगमन देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् : मेयर बालेन राष्ट्रपति पाैडेलद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

५ जिल्लाका सिडिओ हेरफेर, काठमाडाैंमा जयनारायण आचार्य

Reporter

गृह मन्त्रालयले केही जिल्लाका सीडीओहरुको हेरफेर गरेको छ । मङ्गलवार राति मन्त्रालयले रिक्त रहेका जिल्लासहित काठमाडौँका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

काठमाडौँको प्रमुख जिल्ला अधिकारीको रुपमा जयनारायण आचार्यलाई पठाइएको छ । उनी कारागार व्यवस्था विभागका महानिर्देशक हुन् । यस्तै काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याइएको छ ।

अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

स्रोतका अनुसार मन्त्रालयका सहसचिव लीला प्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा ल्याइएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुलाल अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको उपसचिवमा सरुवा गरिएको बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको