Logo
07 Oct 2024    २१ आश्विन २०८१, सोमबार

ताजा खबर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

कलाकार सुलेमान शंकर ‘ईकु’ पक्राउ

Reporter

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कलाकार सुलेमान शंकर उर्फ ईकुलाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार कलाकार भिषामा युरोप पठाउँछु भनी विभिन्न व्यक्तिसँग मोटो रकम ठगी गरेको आरोपमा ईकुलाई बुढानिलकण्ठ नगरपालिका–३ बाट मंगलबार पक्राउ गरिएको हो।

बिभिन्न देशहरुमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनि विशेषगरी भौगोलिक रुपमा विकट क्षेत्रका मानिसहरुलाई ईकुले ठगी गरेको उजुरी प्रहरीमा परेको थियो।

युरोपेली मुलुकहरुमा राम्रो काम पाईने र आम्दानी समेत सोही अनुरुप आकर्षक हुने प्रलोभन देखाई एसएमएस फिल्मस प्रालीका नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिब्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ।

विदेश जान तयार मानिसहरुले खातामा रकम जम्मा गरिसकेपछी रकम जम्मा गर्ने व्यक्तिहरुले कलाकार भिषामा विदेशी मुलुकमा भिषा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पिडितहरुले भिषा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ भनी झुलाउने गरिएको पनि खुलेको छ।

‘अन्तमा पिडितहरुको सम्पर्कबाट बाहिर रही ठगी गर्ने कार्यमा संलग्न रहेको पाइयो’, सीआईबी अधिकारी भन्छन्,‘म्याद थपका लागि आवश्यक अनुसन्धान जारी छ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको