Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

असोज ३ गतेदेखि धरहरा सञ्चालन हुने

Reporter

सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।

२०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ ।

बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ । दुईवटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ । भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ ।

धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ । धरहरा परिसरमा प्रशासनिक भवन र सङ्ग्रहालय लगायतका संरचना पनि बन्दैछन् । धरहराको उद्घाटन भने तीन वर्षअघि नै भइसकेको हो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको