Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ प्रकाश ज्वालाको प्रस्ताव– सांसदको सुविधा घटाऔँ बलिवुडका संगीतकार एआर रहमान अस्पताल भर्ना प्रतिनिधिसभा बैठकको क्यालेन्डर तयार

बागलुङ जिप दुर्घटनामा गाउँपालिका उपाध्यक्षको मृत्यु

Reporter

काठमाडौं- बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए । उनले  अरुको  सनाखत हुन बाँकी रहेकाे बताए ।

घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएको छ। घाइतेलाई धौलागिरि अस्पतालमा उपचारका लागि ल्याउने क्रम रहेको प्रहरीले जानकारी दिएकाे छ ।

सरकारी गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै नरेठाँटी चौकीबाट प्रहरी टोली खटिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको