Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड

Reporter

पटना । साल्ट ट्रेडिङ्ग कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ भारतको पटनामा ग्लोबल स्टार अवार्डबाट सम्मानित भएकी छिन ।

चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी श्रेष्ठले नेपालमा लामो समयदेखि एक सफल महिला उद्यमीको रुपमा देश तथा विदेशमा आफ्नो छवि उच्च बनाएको तथा नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिए बापत उनलाई यो बर्षको उत्कृष्ट अन्तराष्ट्रिय महिला उद्यमीको अवार्डबाट सम्मानित गरिएको आयोजक समितिका प्रमुख डा.शिखा नरुलाले जानकारी दिईन ।

भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले श्रेष्ठलाई नेपालका लागि यो वर्षको उत्कृष्ट महिला उद्यमीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।

विहारका शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोह पटनाको भव्य हल सांग्रिला प्यालेसमा सम्पन्न भएको थियो ।

बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन सेलीब्रेटी गेष्ट रहेको समारोहमा दिल्ली सरकारका प्रशासक,पटना सरकारका प्रशासक तथा विधायक एवं राजनितिज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यव्यस्तताका कारण समारोहमा उपस्थित हुन नसकेकाले सो अवार्ड काठमाडौं हस्तान्ततरण गरिएको थियो । राष्ट्रिय सेवा सम्मान, महिला आयोगबाट प्रदान गरिने सम्मान लगायत थुप्रै संघ संस्थाबाट सम्मानित श्रेष्ठले महिला उद्यमीका विकासमा महिला चेम्बरमा रहेर अनेकौ उत्कृष्ट कामहरु गर्दै आएकी छिन भने सामाजिक सेवामा समेत सक्रिय उनको कुशल प्रशासकिय क्षमताको सर्वत्र चर्चा हुदै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको