Logo
09 Oct 2024    २३ आश्विन २०८१, बुधबार

ताजा खबर

आज एक लाख यात्रुले छाडे उपत्यका साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा विभागद्वारा तीन सातामा १०९१ स्थानमा अनुगमन देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् : मेयर बालेन राष्ट्रपति पाैडेलद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

मेलम्ची खानेपानीले बिछयाएको पाईप गुणस्तरहिन भएको दाबी

Reporter

मेलम्ची खानेपानी आयोजना अन्र्तगत काठमाण्डौंका सडकमा बिछयाउदै गरिएका पाईपका गुणस्तरमा प्रश्न उठेको छ । आयोजना कार्यान्वयन निर्देशनालय ‘पिआईडी’ ले चिनबाट पाईप ल्याउन र बिछयाउन जिम्मा दिएको हुवासुई कम्पनीले बदमासी गरेको भन्दै नेपाली ठेकेदार कम्पनीले पत्रकार सम्मेलन नै गरेको छ ।

मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै प्रकृति पुजन निर्माण एण्ड सप्लार्यसले राष्ट्रिय गौरवको आयोजनाको काममाथी नै गम्भिर प्रश्न उठाएको छ । गत शनिबार कुपण्डोलको मुख्य सडक नै भासिएर पानी निस्कनु,केहि महिनाअघि सोह्रखुट्टेमा सडक भासिएर चालक र यात्रुसहित मोटरसाईकल सडकभित्र खस्नु तथा माछापोखरी क्षेत्रमा खानेपानीको पाईप फुटेर जनताको घर पसल जलमग्न हुदैगर्दा प्रकृति पुजनले उठाएको विषयले अझै काठमाण्डौंका सडकमा यसअघि नै बिछयाईएका पाईपको गुणस्तरीयताबारे थप सशंकित बनाएको छ । प्रकृति पजनका सञ्चालक जनकराज घिमिरेले सुन्दरीजलदेखि गोकर्ण हनुमानचोकसम्म आफुहरुले बिछयाएको पाईपको गुणस्तरीयता तथा मुख्य ठेकेदार कम्पनीले खटाएको ईञ्जिनियरको निर्देशनमा गरेको काममा नै समस्या देखिएको बताए । ‘मैले १६ सय मिटरमा पाईप बिछयाउने काम गरेँ । पानीको प्रेसर टेष्ट गर्दा समस्या देखियो । खनेर हेर्दा पाईप थिचिएर अण्डाकार भएको देखियो । माटोको लोड पाईपले धान्न नसकेको देखियो । यो मेरो कमजोरी भन्दापनि पाईपको गणस्तरीयता र हवासईकै ईञ्जिनियरको समस्या हो’ घिमिरेले बताए ।

प्रकृति पजनका सञ्चालक घिमिरेका अनसार हवासईका सञ्चालक किरण वैद्यले झण्डै डेढ करोड रुपैया निकासा रोक्का गरेका छन । ‘मैले काम गरेको डेढ करोड रुपैया निकासा नदिई किरण वैद्य सम्पर्कविहिन हनहन्छ । अफिसमा गए गेट नै खोल्नहन्न । फोन उठाउनहन्न । उल्टै अदालतमा हिसाव फरफारकको लागि मद्धा दर्ता गरेर पानी माथिको ओभानो हन खोज्नभयो’ घिमिरेको भनाई छ । आयोजना कार्यान्वयन निर्देशनालय पिआईडीका पर्वनिर्देशक राजेन्द्र सापकोटाले भने आयोजनाको पाईपको गणस्तर कमजोर नरहेको दाबी गर्दै मख्य ठेकेदार हवासई र प्रकृति पजनको लेनदेनको विषय भएको बताए । ‘२ किलोमिटर मात्र १८ सय एमएमको पाईप बिछयाइएको हो । यो विषय जनक घिमिरे र मख्य ठेकेदारको लेनदेन मात्रै हो’ सापकोटाले भने । तर काठमाण्डौंका एकपछि अर्को ठाउँमा खानेपानीकै पाईप फटेर पानी चहिएर सडक भासिएको विषयलाई यति हल्का रुपमा मात्रै लिन सकिदैन । चावहिल चोक तथा सिफल क्षेत्रमा सडक लगातार भासिदा समेत जिम्मेवार निकाय गम्भिर नभई उल्टै टालटल गर्ने काममा व्यस्त छ ।

किरण वैद्यले रकम भुक्तानी नगर्दा मजदुरहरुलाई पारिश्रमिक दिन नसकेकाले आफु समस्यामा परेको घिमिरेको भनाई छ । ‘एक्साभेटर मेसिन तथा लेबरको पारिश्रमिक,कोठाभाडा,बालवा गिट्टी,ढंगाको पैसा दिन सकेको छैन । बैंकको आफनै ब्याज समेत तिर्न सकेको छैन । उल्टै पत्रिकामा नाम आएको छ । गालीबेईज्जती तथा मान्छेहरुले घर घेर्ने,घरको सामान उठाउने जस्ता काम भएकाले म मर्न न बाच्नको हालतमा छ’ उनले भने ।

यसबारे बुझन किरण वैद्यको कार्यालयमा पुग्दा उनले भेट दिएनन । हामीले पटक पटक फोन सम्पर्क गर्दा सम्पर्कमा नआउनु,उनको कार्यालयको सुरक्षागार्डले केहि अघि निस्किएका वैद्य एकैछिनमा बिरामी छन कहिले आउछन थाहा छैन भन्नु जस्ता प्रसंगले पनि वैद्यले नेपाली ठेकेदारलाई कतिसम्म मारमा पारेका छन भन्ने आशंका गर्ने ठाँउ छ ।। पत्रकार सम्मेलनमार्फत घिमिरेले आफनो समस्यालाई पिआईडीले समेत गम्भिरताका साथ नलिएको बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको