Logo
13 Dec 2024    २८ मंसिर २०८१, शुक्रबार

ताजा खबर

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का प्रधानमन्त्री ओलीविरुद्धको कसुरमा धरौटीमा छाड्न आदेश, अर्को मुद्दामा हिरासतमा बस्नेछन् दुर्गा प्रसाई रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति कमलादीमा भासिएको सडक आजदेखि प्रयोगमा

अभिनेता भट्टराईलाई पटनामा ‘ग्लोबल स्टार्स अवार्ड-२०२४’

Reporter

अभिनेता श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड–२०२४ बाट पुरस्कृत भएका छन् । भारतको पटनामा आयोजित समारोहमा अभिनेता भट्टराई पुरस्कृत भएका हुन् ।

निरुलाज एण्ड कम्पनीको प्रस्तुति रहेको उक्त समारोहका प्रमुख अतिथि बिहारका विज्ञान तथा प्रविधि मन्त्री सुमित कुमार सिंह थिए भने अभिनेत्री पूनम ढिल्लो विशेष अतिथिको रुपमा रहेकी थिइन् ।

सांग्रिला प्यालेसमा आयोजित उक्त समारोहमा पुरस्कृत भएसंगै अभिनेता भट्टराईले यसै वर्षमात्र भारतका तीन भिन्न अवार्ड प्राप्त गरिसकेका छन् ।

लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका अभिनेता भट्टराईले २०६० सालमा फिल्म ‘भाइमारा’ बाट डेब्यू गरेका थिए । त्यसयता उनले विभिन्न फिल्म, म्युजिक भिडियो तथा विज्ञापनहरुमा अभिनय गरिसकेका छन् ।

विभिन्न देशमा पुगेर सांस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाइसकेका भट्टराईले विभिन्न समारोहहरुमा धेरै वटा अवार्ड, सम्मान हात पारिसकेका छन् । उनले कलाकारितामार्फत नेपालको एक मात्र अनुशासित अभिनेताको अवार्ड कतारमा हात पारेका थिए भने विश्वको सबैभन्दा अग्लो स्थानमा म्युजिक भिडियोमा अभिनय गर्ने अभिनेताको रुपमा गिनिज बुक अफ वर्ल्डमा नामसमेत लेखाएका छन् ।

कलाकारितामा सक्रिय रहँदै आएका भट्टराईले यस्ता पुरस्कार तथा सम्मानले अभिनय क्षेत्रमा थप उत्साहित भएर काम गर्न सहयोग पुर्याएने प्रतिक्रिया दिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको