Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

नेकपा स्थायी समिति बैठकमा सदस्यहरुको धारणा सुनिदै, नेता भीम रावलद्वारा फरक प्रतिवेदन पेश

admin

nekapa sthaisamiti baithak

काठमाडौं, पुस-०३ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बुझाएको प्रतिवेदनमाथि छलफल गरी समिती बैठक सकिएको छ ।

मंगलबार बिहान करिव आठ बजे सुरु भएको बैठकमा आठ जना स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए । उनीहरुले पार्टी एकतामा ढिलाई गर्न नहुने सुझाव दिदै सरकार्ले गरेका केहि काम प्रति असन्तुष्टी पनि व्यक्त गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।

आजको बैठकमा केशव बराल, भीम रावल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, योगेश भट्टराई, साेमनाथ प्यासी, सत्य नारायण मण्डल र पृथ्वी सुब्बा गुरुङले बोलेका थिए । प्रत्येक सदस्यलाई आफ्नु धारणा प्रस्तुत गर्नको लागि २० मिनेटको समय दिइएको थियो । सोमबार बसेको बैठकमा १० जना सदस्यहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

नेकपा प्रवक्ता श्रेष्ठका अनुसार भोली पनि सोही समयमा बैठक बोलाईएको छ । बैठकबाट बाहिरिँदै गर्दा वरिष्ठ नेता झलनाथ खनालले पार्टी र सरकारलाई जीवन्त बनाउने ढंगमा छलफल भएको बताए भने आजको बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि असन्तुष्टी जनाउँदै नेता भीम रावलले फरक प्रतिवेदन पेश गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको