Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

युवा समाजसेवी फुर्वा ग्याल्बो मोक्तान(थुप्तेन)लाई भारतमा बलिवुड अभिनेत्री पुनमद्वारा उत्कृष्ट समाजसेवीको अवार्ड प्रदान

Reporter

युवा समाजसेवी एवं राजनितिज्ञ फुर्वा ग्याल्बो मोक्तान (थुप्तेन) लाई भारतको पटनास्थित सांग्रिला प्यालेसमा एक भव्य समारोहकावीच उत्कृष्ट युवा समाजसेवीको अवार्डबाट सम्मानित गरिएको छ ।
बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन, आयोजक समितिका अध्यक्ष डा.शिखा नरुला तथा मिसेस ईण्डिया प्रतिभा प्रसादको हातबाट उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस ईण्डिया प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले नेपालका युवा समाजसेवी थुप्तेनका लागि यो वर्षको उत्कृष्ट युवा समाजसेवीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।
सिन्धुपाल्चोकका युवा राजनितिज्ञ थुप्तेन जिल्लामा समाजसेवीको रुपमा परिचित छन । जिल्लामा भैपरि आउने विपदका समयमा उनले गरेका पूण्य कार्यको सर्वत्र चर्चा हुदै आएको छ । व्यबसायी समेत रहेका युवा समाजसेवी थुप्तेनले जिल्लामा मात्र नभै देशैभर सामाजिक कार्यका लागि सक्रियता देखाउदै आएका छन ।

विभिन्न संघ संस्थामा आवद्ध थुप्तेनले यस अवार्डको गरिमा राख्न थप जिम्मेवारी वोध गरि सामाजिक कार्यमा थप क्रियाशिल रहने जानकारी दिए ।
विहारका शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोहमा बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन सहित दिल्ली सरकारका प्रशासक,पटना सरकारका प्रशासक तथा विधायक एवं राजनितिज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको