Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार किरण अधिकारी सम्मानित

admin

journalist kiran adhikari

काठमाडौं, पुस-०३ ।

पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार किरण अधिकारी सम्मानित भएका छन ।

बिगत लामो समय देखि मोफसलमा रहेर नेपाली कला संगीत र चलचित्र क्षेत्रको बिकास, बिस्तार तथा नव कलाकारहरुको खोजी गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत पुर्याएको योगदानको कदर गर्दै पत्रकार किरण अधिकारीलाई सम्मान गरिएको छ ।

पीम नेपालद्वारा आयोजित पीम नेपाल डकुमेन्ट्री फ्लिम फेस्टिभलको उद्घाटन समारोहमा अधिकारी सम्मानित भएका हुन् । फेस्टिभल उद्घाटनको अबसरमा आयोजित एक विशेष समारोहविच गणतन्त्र नेपालको प्रथम उपरास्ट्रपति परमान्नद झाले अधिकारीलाई सम्मानित गर्नु भएको हो ।

मोफसलमा रहेर नेपाली पत्रकारिता क्षेत्रको बृहत्तर बिकासको लागि पुराएको योगदानको समेत कदर गर्दै अधिकारीलाई पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित गरिएको आयोजक समितिको अध्यक्ष कमाल जोसीले बताउनुभयो ।

पत्रकार अधिकारी सुन्दरादेबी संदेश साप्ताहिकको प्रकाशक ,सुन्दरादेबीन्युज डट कमको सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्ष समेत रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको