Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने माओवादीको निर्णय

Reporter

नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले पार्टी अध्यक्ष र महासचिवले संगठन इन्चार्ज र अध्यक्षसंग छलफल गरेर १० दिनभित्र राष्ट्रिय सम्मेलन गर्ने गरि मिति तय गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो।

प्रवक्ता सापकोटाले पार्टीलाई बलियो बनाउन जनवर्गिय संगठनहरुको भूमिका महत्वपूर्ण हुने भएकाले संगठनहरुलाई बलियो बनाउनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

अहिलेको भू–राजनीतिक अवस्था थप जटिल हुँदै गएकाले पार्टीलाई एकतावद्ध ढंगले अघि बढाइने उनको भनाइ छ ।

अखिल क्रान्तिकारीले केहि प्रदेशको सम्मेलन हुन बाँकी रहेकाले तत्कालका लागि पूर्वनिर्धारित सम्मेलन स्थगित गरेको सुचना प्रकाशित गरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको