Logo
13 Dec 2024    २८ मंसिर २०८१, शुक्रबार

ताजा खबर

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का प्रधानमन्त्री ओलीविरुद्धको कसुरमा धरौटीमा छाड्न आदेश, अर्को मुद्दामा हिरासतमा बस्नेछन् दुर्गा प्रसाई रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति कमलादीमा भासिएको सडक आजदेखि प्रयोगमा

हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

Reporter

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए ।

कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए।

अरुवा मोटा चामलको रु एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली रु एक हजार सात सय २५, स्टिम जिरामसिनो रु दुई हजार दुई सय ५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । यसअघि अरुवा मोटा चामलको रु एक हजार छ सय ५०, अरुवा सोना मन्सुली एक हजार आठ सय ५०, स्टिम जिरा दुई हजार तीन सय ७५ मा विक्री वितरण हुँदै आएको थियो ।

पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट रु एक सय २५ छुटमा बिक्री हुन लागेको हो । यस्तै सूर्यमुखी तेल प्रतिपेटीको रु दुई हजार दुई सय ३० र तोरी तेलको प्रतिपेटी रु दुई हजार ३० मा विक्री हुन लागेको हो । सहुलियत मूल्यमा खाद्यान्न विक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ । गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको