
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी सहायक हवल्दार इन्द्रमणी भदौ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन् ।
वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्धा हेर्ने पोखरेलको टोलीले ठगी गर्ने म्यानपावर तथा तिनका संचालकहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन ठुलो भूमिका निर्वाह गरेको भन्दै उनलाई ‘पुलिस अफ दी मन्थ’ घोषणा गरीएको हो।
पोखरेलको टोलीले युके, माल्टा र प्रोचुगल लगायतका देशमा आकर्षक तलव सुबिधा सहित पठाईदिने बहानामा दुई करोड बढी रकम असुल गरी फरार रहेका २२ जना ब्याक्तिहरुलाई भदौ महिनामा पक्राउ गरेका थिए।
प्रहरीका बिभिन्न निकायमा रहेर अनुसन्धान काम गरेका पोखरेल प्रहरीमा अब्बल मानिन्छन। उपत्यकामा उत्कृष्ट काम गरेबापात रानीपोखरीका प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले एक महिना अघि समेत सम्मान उनलाई गरेका थिए। त्यस्तै २०८० सालमा समेत उनी उत्कृष्ट काम गरेबापत सम्मानित भएका थिए।
त्रिभूवन अन्तरराष्ट्रीय बिमानस्थल, लागु औषध ब्यूरोमा रहँदा समेत उनका कारण बिभिन्न घटनामा प्रहरीलाई ठुलो सफलता मिलेको थियो।
पोखरेलसंगै पिलर नं. ०८ को अनुसन्धान शाखामा कार्यरत प्रहरी हवल्दार बिमल थापालाई ‘पुलिस अफ दी मन्थ’ द्वारा प्रहरी बरिष्ठ उपरिक्षक सानुराम भट्टराईले सम्मान गरेका थिए ।
