Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

ईभेन्ट डाईरेक्टर ढुंगेललाई भारतमा उत्कृष्ट अन्तराष्ट्रिय ईभेन्ट डाईरेक्टरको अवार्ड

Reporter

ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेललाई यो वर्षको उत्कृष्ट अन्तराष्ट्रिय ईभेन्ट डाईरेक्टरको अवार्ड प्रदान गरिएको छ ।
भारतको पटना स्थित साङ्ग्रीला प्यालेसको भव्य हलमा आयोजित ग्लोबल स्टार अवार्ड समारोहमा निकिला मिडिया नेटवर्क तथा भवानी ईन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका ढुंगेललाई बलिउडकी चर्चित अभिनेत्री पुनम धिल्लोन आयोजक समितिका अध्यक्ष डा। शिखा नरुला, मिसेस इन्डिया प्रतिभा प्रसादले अवार्ड प्रदान गरेका थिए ।

आईएएस शंशाक शेखर, विधायक रश्मी बर्मा, पटना सरकारका जीएसटी सह आयुक्त समीर परिमल र आयोजक समिति सदस्य श्रीमती भारत प्रतिभा प्रसादको संयुक्त निर्णायक प्यानलले जनता टेलिभिजनमा समेत कार्यरत ढुंगेललाई नेपालका लागि यस वर्षको उत्कृष्ट अन्तर्राष्ट्रिय ईभेन्ट डाईरेक्टरको अवार्ड दिने निर्णय गरेका थिए ।

विहार शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहले पटनाको सांग्रिला प्यालेसमा आयोजित भव्य समारोहको प्रमुख आतिथ्यता गरेका थिए । कार्यक्रममा बलिउडकी चर्चित अभिनेत्री पूनम ढिल्लन सेलिब्रेटी थिइन् । दिल्ली सरकारका प्रशासकहरू, पटना सरकारका प्रशासकहरू र विधायकहरू र राजनीतिज्ञहरूको ठूलो उपस्थिति थियो।
ग्यालेक्सि एक्सिलेन्स अवार्डका आयोजक समेत रहेका उनी हाल पव्लिक सूचना तथा ग्यालेक्सि समाचारका संचालक समेत हुन । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट ईभेन्ट आयोजना गरि सफल ईभेन्ट डाईरेक्टरको रुपमा परिचित उनी स्वदेशका विभिन्न संघसंस्था तथा विभिन्न देशबाट अवार्ड एवं सम्मान प्राप्त गरिसकेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको